Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ कार्तिक ११ मंगलबार १४:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खदाङ–त्रिवेणी सडकखण्डमा सुक्खा पहिरो, आवत–जावत ठप्प

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ११ मंगलबार १४:५१:००

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ–त्रिवेणी खण्डमा पर्ने कुच्ची भिरनजिकै भीषण सुक्खा पहिरो खसेको छ । त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने उक्त स्थानमा खसेको पहिरोका कारण सवारीसाधन तथा मानिस आवत–जावत पूर्ण रूपमा ठप्प भएको छ ।

मंगलबार बिहान करिब ८ बजेको समयमा दुई सय मिटर माथिबाट पहिरो खसेको र उक्त पहिरोले सडकको ५० मिटर भाग पूर्ण रूपमा पुरेपछि सडक अवरुद्ध भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

पहिरोको कारण रुकुम (पश्चिम)मा पर्ने गोतामकोटदेखि खदाङसम्म चल्ने जिप, ट्रयाक्टर, मोटरसाइकललगायतका सवारीसाधन आवागमन ठप्प भएको छ । त्यति मात्र नभई सडक अवरुद्ध भएपछि चामल, नुन, तेललगायतका दैनिक उपभोग्यवस्तु ढुवानी गर्न समस्या हुनुका साथै दसैँको टीका–जमरा आदान–प्रदानका लागि रुकुम, जाजरकोट र तल्लो डोल्पा जान थालेका बटुवा बाटोमै अलपत्र परेका छन् ।

कतिपय बटुवा गन्तव्यमै पुग्न नपाएर धमाधम घर फर्किने गरेको बताइएको छ । अहिले पनि निरन्तर पहिरो खसिरहेकाले प्रहरीले जनाएको छ । पहिरो हटाउन त्रिपुरासुन्दरी नगरपालिकाको डोजर पठाइसकेकाले केही दिनभित्रै अवरुद्ध बाटो खुल्ने र अवस्था सामान्य हुने नगरपालिकाले जनाएको छ ।