१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक ९ आइतबार २१:०१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेटको विरोध गर्नु अस्वस्थ मानसिकता : उपप्रधानमन्त्री पोखरेल

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ९ आइतबार २१:०१:००

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेटको विरोध गर्नु अस्वस्थ मानसिकता भएको बताएका छन् ।

आफ्नो स्टाटसमा उनले लेखेका छन्– विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल-भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिँदै छन् - ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन ।

अहिले धेरै कुरा किन गर्ने ! उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ मानसिकता बोकेर यी सबै काम गरिरहनुभएको छ भन्ने कुरा ठोकेर भन्न सकिन्छ । प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासुसी संस्थाको योजनामा सञ्चालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुऱ्याइएको आदि भनेर आरोप लगाउने काेसिस भइरहेकाे छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकारविरुद्धमा एउटा गलत खालकाे बहस सिर्जना गर्न खोजिँदै छ । दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरूसमेत यस अभियानमा संलग्न हुन खोजेका देखिँदै छन् ।

विगत केही समयदेखि केही असहज बन्न पुगेको नेपाल-भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ ? तिनीहरूले किन विरोध गरिरहेका छन् ? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिँदै छन्– ती मानिसहरू ? कारणहरू राम्ररी बुझिएको छैन ।

अहिले धेरै कुरा किन गर्ने , उहाँहरूले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ मानसिकता बोकेर यी सबै काम गरिरहनुभएको छ भन्ने कुरा ठोकेर भन्न सकिन्छ ।

प्रोटोकललाई ख्याल नगरिएको, मर्यादाको पालना नगरिएको, छिमेकी मुलुकको जासुसी संस्थाको योजनामा सञ्चालित हुन खोजेको, वार्ताका विषयहरूलाई रहस्यमा राखिएको, राष्ट्रियता र स्वाधीनतामा आँच पुऱ्याइएको आदि भनेर आरोप लगाउने कोसिस भइरहेको छ । अर्थात्, यी सबै कुरा गरेर कम्युनिस्ट पार्टीको सरकारविरुद्धमा एउटा गलत खालको बहस सिर्जना गर्न खोजिँदै छ । दुर्भाग्य ! कम्युनिस्ट पार्टीकै कतिपय नेताहरूसमेत यस अभियानमा संलग्न हुन खोजेका देखिँदै छन् ।