विगतका दसैँहरूमा टीकाको दिनअघि अर्थात् नवमीका दिनसम्म काठमाडौं उपत्यकाका सडक निकै व्यस्त देखिन्थे ।
त्यसैगरी उपत्यकाका विभिन्न व्यापारिक स्थलमा पनि नवमीसम्म किनमेलको चहलपहल अलिअलि भए पनि देखिन्थ्यो ।
नवमीका दिनसम्म काठमाडौं उपत्यकाबाट आ–आफ्नो जिल्लामा दसैँ मनाउन जानेहरू बोक्ने लामो दूरीका सवारीसाधन बाक्लै चल्दथे ।
तर, यस वर्ष कोरोना कहरका बीच आएको दसैँमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका सडक सुनसान बनेका छन् ।