१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ कार्तिक ८ शनिबार २०:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘रअ’ प्रमुख मोदीका सन्देशबाहक भएर आएका थिए : मुख्यमन्त्री पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ कार्तिक ८ शनिबार २०:११:००

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेको नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा नेपाल भ्रमण गरेको दाबी गरेका छन् ।

राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटले उनको आलोचना भइरहेका वेला ओलीनिकट मानिने नेता पोखरेलको यस्तो भनाइ आएको हो । उनले प्रधानमन्त्री ओलीको आलोचना भएकोमा समेत असन्तुष्टि राखेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देशबाहकका रूपमा ‘रअ’का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो । विरोधको योजना हो या नियति ? बुझ्न गाह्रो भो । आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ । नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् कामना गरौँ।’

सत्तारुढ दल नेकपाका नेताले पनि परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेको भन्दै आपत्ति जनाएका वेला मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको बचाउ गरेका छन् । 

छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया गोयलले बुधबार राति ९:१५ देखि मध्यराति १२:१० सम्म बालुवाटारमै प्रधानमन्त्री ओलीसँग भेटेका थिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि भेटका विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद्, नेपालले प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था (रअ) प्रमुख गोयलबीच भएको छलफलको विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ । 

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का  प्रमुख गोयलसँग गरेको गोप्य भेटप्रति नागरिक अगुवाहरूले आपत्ति जनाएका छन् । परराष्ट्र मन्त्रालयलाई समेत पत्तो नदिई घन्टौँसम्म गुप्तचर प्रमुखसँग गोप्य भेट गर्नुलाई शिष्टाचार भेट भन्न नमिल्ने नागरिक अगुवाहरूको भनाइ छ ।

शनिबार २३ नागरिक अगुवाले संयुक्त अपिलपत्र सार्वजनिक गर्दै  ‘रअ’ प्रमुख गोयलले कूटनीतिक पदाधिकारीसँग भेट नगर्नु  र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो ? भन्ने  प्रश्न सोधेका छन् ।