मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक ८ शनिबार १५:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इस्मा गाउँपालिकाद्वारा ठूलो परिमाणमा मदिरा बरामद

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ८ शनिबार १५:०३:००

गुल्मीको इस्मा गाउँपालिकाले ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । शनिबार इस्मा गाउँपालिकाले गरेको अनुगमनका क्रममा केही पसलमा  घरेलु मदिराकै निम्ति पिसाब राख्ने गरिएको, प्लास्टिक, मोजा, चप्पल मिसावट गरिएका र किरा परेको मदिरासमेत बिक्री–वितरण गरिएको फेला परेको इस्मा प्रहरी चौकी इन्चार्ज मोहनलाल अधिकारीले बताए । 

इस्मा गाउँपालिका वडा नं. १, २, ४ र ६ मा गरिएको अनुगमनका क्रममा अत्यन्तै दर्दनाक अवस्थामा मदिराको उत्पादन र बिक्री गरेको फेला पारेपछि बरामद गरेर नष्ट गरिएको जानकारी दिए ।

 इस्मा गाउँपालिकाले दुई सय ६० लिटर तयार पारिएको घरेलु मदिरा, दुई सय २० लिटर मदिराको कच्चा पदार्थ, एक सय ६ कार्टुन ७० युपिका प्लाष्टिकमा प्याकिङ मदिरा, चार कार्टुन बियर, एक क्विन्टल मर्चा र सिसाका अन्य मदिरा चार कार्टुन बरामद गरिएको गाउँपालिकाले जनाएको छ ।  इस्मा गाउँपालिकामा विनाइजाजत कुनै पनि मदिरा बिक्री–वितरण गर्न पाइँदैन ।