मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी मुम्बई
२०७७ कार्तिक ८ शनिबार १२:३७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी, १२ सय पसलमा क्षति 

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
२०७७ कार्तिक ८ शनिबार १२:३७:००

मुम्बईको नागपाडा क्षेत्रमा रहको सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ ।

शुक्रबार राति लागेको आगोका कारण मलमा रहेका १२ सय पसलमा क्षति पुगेको छ । शनिबार बिहान केही हिस्सामा आगो नियन्त्रणमा आएको भास्कर दैनिकले जनाएको छ । 

आगलागीको सूचना पाएपछि मध्यराति नै महाराष्ट्रका मुख्यमन्त्री  आदित्य ठाकरे घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार आगलागीबाट करिब दुई हजार करोड रुपैयाँको नोक्सानी भएको छ । 

मलमा आगलागी हुँदा करिब पाँच सय मानिस रहेको  कुनै मानवीय क्षति भने हुन पाएन । प्रहरीले सबैको उद्धार गर्नुका साथै वरिपरिका अन्य घरबाट समेत करिब तीन हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रारम्भिक जाँचमा मलको दोस्राे तलामा रहेको एउटा पसलमा लिथियम ब्याट्री विस्फाेट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ । 

प्रत्यक्षदर्शीका अनुसार १५ मिनेटमै पूरै मलमा आगो फैलिएको थियो । एकपटक नियन्त्रणमा आएको आगो पुनः लागेको थियो ।

सन् २०११ मा सहारा मार्केटमा आगलागीबाट विस्थापित भएका अधिकांश व्यापारी उक्त नयाँ सिटी मलमा स्थानान्तरित भएका थिए ।