मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार २१:५८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बिहीबार दिनभर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार २१:५८:००

सेनामा केन्द्रीय कमान्डको अभ्यास, तर संख्यामा छैन बहस
जंगीअड्डामातहत आठवटा पृतना हेडक्वार्टरले कमान्ड सम्हालिरहँदा नेपाली सेना त्यसमाथि चारवटा केन्द्रीय कमान्ड स्थापनामा जुटेको छ । तर, सेनाको संख्या कति आवश्यक छ ? पुनर्संरचनाको बहसमा यस पाटोमा कहीँकतै छलफल भएको छैन । पूर्वमाओवादी लडाकु समायोजनपछि सेनामा करिब ९९ हजार दरबन्दी पुगेको छ । चालू आर्थिक वर्ष ०७७–७८ मा नेपाली सेनाका लागि तलबभत्ताका लागि करिब ४४ अर्ब रुपैयाँ विनियोजन भएको छ । 

प्रधानमन्त्री ओली र ‘रअ’का प्रमुख गोयलबीच भेट भएकाे पुष्टि
छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग वार्ता गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोयलले  प्रधानमन्त्री ओलीसँग भेट गरेको पुष्टि गरेका छन् ।

सरकारले घोर अलोकतान्त्रिक चरित्र प्रदर्शन गऱ्यो : सभापति देउवा
प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोभिड– १९ को परीक्षण र संक्रमित नागरिकको उपचार आफ्नै खर्चमा गर्नु भन्ने सरकारी निर्णय लज्जास्पद भएको टिप्पणी गरेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबाट देशमा सर्वत्र त्रास सिर्जना भएको अवस्थामा सरकारले कोरोना परीक्षण र संक्रमितको उपचारमा शुल्क लिने निर्णय गर्नु निन्दनीय र लज्जास्पद भएको बताएका छन् । 

दसैँका वेला कतै बत्ती ननिभोस् : ऊर्जामन्त्री 
ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री वर्षमान पुनले दसैँ पर्वको समयमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । चाडपर्वका वेला अन्य समयमा भन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिएका हुन् । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरीलगायतका  अधिकारीहरूसँग बिहीबार बैठक गरी ग्राहकलाई नियमित विद्युत् सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

कोरोनाबाट निधन हुनेको संख्या आठ सय नाघ्यो, आज २१ जनाको निधन 
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २१ जनाको निधन भएको छ । योसमेत बिहीबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर बिहीबार ३६ सय ३७ जना संक्रमित थप भएका छन् भने ३२ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

काेराेना उपचारमा शुल्क : अस्पताल भर्ना हुनुपरे ६० हजारसम्म धरौटी राख्नुपर्ने
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितले उपचारका लागि अस्पताल बस्नुपरे ६० हजारसम्म अग्रिम धरौटी राख्नुपर्ने भएकाे छ ।अस्पताल निर्देशक प्राडा गौरीशंकर शाहले बिहीबार सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार काेराेना संक्रमितकाे उपचारबापत लाग्ने शुल्क सार्वजनिक गरेका हुन् । कोरोना संक्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागू गरिएको उनले जानकारी दिए । यो निर्णय ९ कात्तिकदेखि लागू हुने सूचनामा उल्लेख छ ।    

उपचार खर्च तिर्न नसकी अस्पतालमा बन्धक बिरामी भन्छन्- निको भएपछि यहाँ बस्ने रहर कसलाई हुन्छ र ?
कोरोना महामारीको संकटकै बीचमा चारैतिर दसैँंको रौनक छाए पनि मकवानपुरको भीमफेदीका थिङ परिवारलाई दसैँ ‘दशा’ बनेर भित्रिएको छ । घरमा चाडवाड मान्ने खर्चकाे जोहो गर्ने परिवारको जेठो छोरा राजु थिङ (३४ वर्षीय) उपचार गर्दा लागेको पैसा तिर्न नसक्दा अस्पतालमा बन्दी छन् । उपचारपछि निको भएका उनलाई चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले पैसा नदिएको भन्दै बन्धक बनाएको हो ।

राजधानीमा हिँड्ने बढे, किन्ने बढेनन्
सबैभन्दा ठूलो चाड दसैँका वेला विगतमा राजधानीका मुख्य व्यापारिक केन्द्रमा मानिसको थेगिनसक्नु भिड हुन्थ्यो । सामान बिक्री गर्न व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो । भिडले गल्लीका गन्तव्य छिचोल्न मुस्किल पर्दथ्यो । तर, कोरोना संक्रमण राजधानी काठमाडौंमा निरन्तर बढ्दै गएकाले दसैँका वेला पनि चहलपहल बढ्न सकेको छैन । कोरोनाका कारण व्यापारका मन्दी आएको व्यवसायीको गुनासो छ ।

युरोपका ८० प्रतिशत प्राकृतिक वासस्थान अतिक्रमणको चपेटामा : अध्ययन 
युरोपेली संघअन्तर्गतका मुलुकका ८० प्रतिशतभन्दा बढी प्राकृतिक वासस्थान खराब अवस्थामा रहेको सार्वजनिक भएको हो । यी वासस्थानको सुरक्षाका लागि भइरहेका काममा अझै पहल गर्नुपर्ने युरोपेली वातावरण संरक्षण निकाय (इइए) द्वारा सार्वजनिक अध्ययन प्रतिवेदनले सुझाब दिएको छ । सन् २०१३/२०१८ सम्मको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इइएले सन् २००७/२०१२ सम्म ७७ प्रतिशत प्राकृतिक वासस्थान प्रतिकूल अवस्थामा थिए ।

अमेरिकी पूर्वराष्ट्रपति ओबामा भन्छन्– ट्रम्पलाई अझै चार वर्ष झेल्न सकिँदैन
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले यसपटक पनि डोनाल्ड ट्रम्पलाई विजयी गराएर राष्ट्रपतिका रूपमा सहन नसकिने बताएका छन् । यसकारण डेमोक्रेटिकका उम्मेदावर जो बाइडेनलाई राष्ट्रपति चुन्न उनले मतदातालाई आग्रह गरेका छन् । ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति रहेका जो बाइडेन र हाल उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको समर्थनमा प्रचारप्रसार गर्ने क्रममा ओबामाले ट्रम्म र उनको टिमलाई हराउन आग्रह गरेका हुन् ।