मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ६ बिहीबार १९:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ मनाउन कैदीबन्दीलाई खसी उपहार

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ६ बिहीबार १९:०९:००

बन्दी जीवन बिताइरहेका लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ । नेपाल बार एसोसिएसन लमजुङ बार इकाइले दसैँ हर्षउल्लासका साथ मनाउन् भन्ने उद्देश्यले खसी प्रदान गरेको बताएको छ । 

बिहीबार नेपाल बार एसोसिएसन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायत बारका पदाधिकारीले कारागारका जेलर विष्णुप्रसाद पौडेललाई खसी हस्तान्तरण गरेका हुन् । अधिकारीले कैदीबन्दीलाई दसैँको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए । 

उनले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रूपमा बिताउन सुझाब दिए । अन्य नागरिकजस्तै महान् पर्व हर्षउल्लासका साथ मनाउन् भन्ने मानवीय सोचका साथ बारले १५ हजार पाँच सयकोे खसी र दुई हजार पाँच सयकोे मसला, तेल गरी १८ हजारबराबरको सामान कैदीबन्दीलाई प्रदान गरेको कारागारका जेलर विष्णुप्रसाद पौडेलले जानकारी दिए । 

हाल कारागारमा ८१ जना कैदीबन्दी रहेका छन् जसमा ६ जना महिला र ७५ जना पुरुष रहेका छन् ।