१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार १५:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना महामारीपछि आर्थिक समस्यामा परेको चिडियाखानालाई ललितपुर महानगरपालिकाको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार १५:१३:००

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले दश लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

बिहीबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा. चिरञ्जीवी पोखरेललाई सहयोगबापतको चेक हस्तान्तरण गरे । 

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकोले आर्थिक समस्या परेको अवस्थामा सहयोग पुऱ्याउने उद्देश्यले रकम उपलब्ध गराएको बताए । 

आगामी दिनमा आवश्यकताअनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिबद्ध रहेको पनि उनले बताए । 

सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोभिड संक्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताए । 

चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने गर्छ भने चिडियाखानाभित्र रहेका वन्यजन्तुको खानपिनका लागि करिब तीनदेखि चार करोड रुपैयाँ खर्च हुने पोखरेलले बताए । 

चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ वन्यजन्तु रहेका छन् ।

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताए । 

वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । 

विगत २० वर्षदेखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्ण रूपमा बन्द गर्नुपर्दा आम्दानी शून्य भएको छ ।