मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ६ बिहीबार ११:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

तनहुँका संक्रमितको पोखरामा निधन, ३७ जनामा संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ६ बिहीबार ११:१८:००

गण्डकी प्रदेशमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा निधन भएकाे छ । निधन हुनेमा तनहुँको व्यासका ६८ वर्षीय पुरुष रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । 

उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा बुधबार साँझ निधन भएको हो ।प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

बिहीबार बिहान मात्रै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका संक्रमति नवलपुरका १६ जना, कास्कीका ११ जना, तनहुँका सातजना र गोरखाका तीनजना छन् । बिहीबार थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार दुई सय ११ पुगेको छ ।