१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार ०६:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

एकैदिन ५ हजार ७४३ मा कोरोना, २६ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ६ बिहीबार ०६:५६:००

पछिल्लो २४ घन्टामा पाँच हजार सात सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २६ जनाको मृत्यु भएको छ । यो एकैदिन देखिएको संक्रमित र मृतकको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय ९१ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ । बुधबार दुई हजार नौ सय ९६ जना मात्रै कोरोनामुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ९९ हजार ६ सय पाँच पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा २० हजार एक सय १८ वटा नमुना परीक्षण गर्दा पाँच हजार सात सय ४३ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार चार सय ७८ पुगेको छ । उनीहरूमध्ये १४ हजार ६ सय ७६ जना संस्थागत आइसोलेसनमा र २९ हजार आठ सयजना होम आइसोलेसनमा छन् । 

यस्तै, काठमाडौं उपत्यकामा तीन हजार एक सय सातजनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा दुई हजार तीन सय ९१, ललितपुरमा पाँच सय ४३ र भक्तपुरमा एक सय ७३ जना रहेका छन् ।