मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामचन्द्र न्यौपाने
२०७५ माघ २२ मंगलबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार

तिब्बतकाे बाटाे हुँदै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७५ माघ २२ मंगलबार १९:११:००

डोल्पा सदरमुकाम दुनैबाट सात दिनसम्म लाग्ने उपल्लो डोल्पामा तिब्बतको बाटो हुँदै नेपाल खाद्य संस्थानले खाद्यान्न ढुवानी गर्दै आएको छ । हरेक वर्ष हुने खाद्य संकटलाई मध्यनजर राख्दै संस्थानले तिब्बतको बाटो हुँदै खाद्यान्न पठाएको हो ।

सो क्षेत्रमा आवश्यक पर्ने नुन, चामललगायत खाद्यन्न केरुङ नाका हुँदै तिब्बत पुर्‍याएर लैजाने गरेको छ । खच्चड र जहाजबाट खाद्यान्न लैजादा प्रति क्विन्टल २० हजार पर्ने र केरुङ नाका हुँदै तिब्बतबाट लैजादा ५ हजार मात्र हुने निमित्त खाद्य प्रमुख हिरामणि जोशीले जानकारी दिए ।

यस क्षेत्रमा चिसो हावापानी र पत्थरी माटोका कारण थोरै मात्रामा बाली उत्पादन हुने गरेको छ । स्थानीय पसलबाट तीस किलो चामल किन्न दश हजार रुपैयाँसम्म पर्ने भएकाले स्थानीयबासीले संस्थानकै चामल प्रयोग गर्दै आएका छन् । यस आर्थिक वर्ष डोल्पाका लागि २८ हजार क्विन्टल खाद्यान्न स्वीकृत भएको छ ।