मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ५ बुधबार १७:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनियुक्त मन्त्री श्रेष्ठले सिराहा पुगेर भने– पूर्वाधार विकास गरेर जिल्लाको कायापलट गर्छु 

Read Time : > 1 मिनेट
२०७७ कार्तिक ५ बुधबार १७:०२:००

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएपछि बुधबार गृहजिल्ला सिराहा पुगेका लीलानाथ श्रेष्ठले पूर्वाधार विकास गरेर जिल्लाको कायापलट गर्ने बताएका छन् ।

चोहर्वामा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले जिल्लाको सडक सञ्जाल विस्तार, अस्पताल निर्माण, दलितका लागि सामुदायिक भवन, आवास कार्यक्रमलाई तीव्र रूपले अगाडि बढाउँदै जिल्लाको अवस्था कायापलट गर्ने बताएका हुन् । 

त्यसका लागि लगडीगदियानी गोलबजार सडक, मिर्चैया सोलु सडक, चोहर्वादेखि भारतीय सीमासम्म जोड्ने सडकको बजेट विनियोजन भई टेन्डरको प्रक्रियामा रहेको उनले बताए । 

‘त्यसबाहेक गोलबजार, सिराहा, नरहा, विष्णपुर र अर्नमामा दलितहरूको सघन बसोेवास रहेको गाउँमा सामुदायिक भवन निर्माण, भूमिहीनका लागि आवास कार्यक्रम पनि छन्,’ उनले भने, ‘धनगढी, सुखीपुर, चोहर्वा र विष्णुपुरमा १५–१५ शय्याको अस्पतालका लागिसमेत बजेट विनियोजन गरी काम अगाडि बढिसकेको छ ।’ चोहर्वा अस्पतालका लागि जग्गादाताहरूले  जग्गासमेत दिइसकेको उल्लेख गर्दै उनले दसैँको अवधिमै अस्पतालको शिलान्यास गरी निर्माण प्रक्रिया थालिने बताए । 

उनले भने, ‘तत्कालीन जिल्ला विकास समितिको उपसभापति हुँदा पहिलो परीक्षा राम्ररी उत्तीर्ण गरेको छु, मन्त्रीको रूपमा पनि जनपक्षीय काम गरेर सबैको मन जित्ने काम गरेर खरो उत्रिनेछु ।’ 

दसैँको एकहप्ते जिल्ला बसाइको क्रममा वडा, गाउँ, नगर, जिल्ला र प्रदेश स्तरमा पार्टी एकताको कामलाई टुंग्याउने उनले बताए । ‘पार्टीको जिल्ला इन्चार्जको हैसियतले जिल्लामा थाँती रहेको एकीकरणको काम सिध्याएर सम्पूर्ण पार्टीपंक्ति एकढिक्का भएर जनताको घरदैलोमा जानेछ,’ उनले भने, ‘त्यसका लागि प्रदेश इन्चार्जसहितका पदाधिकारी, जिल्ला नेतृत्वसँग छलफल गरेर अगाडि बढ्नेछौँ । 

जनकपुर एयरपोर्ट उत्रेर सिराहा गएका उनले बन्दीपुरमा भेटघाट, बस्तीपुरका किसान नेता जयगोविन्द साहको सालिकमा माल्यार्पण, चोहर्वामा स्थानीय पार्टीले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी भई आफ्नै घरको परिसरमा नेपाल प्रहरीकाे सलामी ग्रहण पनि गरे ।