१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ कार्तिक ५ बुधबार १५:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ५ बुधबार १५:१०:००

सुनसरीको कोसी गाउँपालिका– १ पुरी टोलमा दुई युवालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय लौकहीको टोलीले नेपाल–भारत आवतजावत गर्ने भित्री सडकमा आकस्मिक चेक प्वाइन्ट थापेर सवारी चेकजाँच गर्दा उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा कोसी गाउँपालिका– ५ का २२ वर्षीय अशोक यादव र भारतका त्रिवेणी ग्रामपञ्चायतका २२ वर्षीय सन्तोषकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिए । 

को.१७प २८१९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर नियन्त्रणमा लिइएको थियो । 

उनीहरूको साथबाट डाइलक्स डिसी १०० एमएल लेखिएको ३५ बोतल बरामद भएको छ । 

यस्तै, स्पास्मो प्रोक्सिभन प्लस १०८० क्याप्सुल पनि बरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको एसपी थापाले जानकारी दिए ।