१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी लागोस
२०७७ कार्तिक ५ बुधबार १२:३१:००
Read Time : < 1 मिनेट
विश्व

नाइजेरियामा प्रहरीद्वारा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली प्रहार, कम्तीमा २० जनाको मृत्यु 

Read Time : < 1 मिनेट
एजेन्सी लागोस
२०७७ कार्तिक ५ बुधबार १२:३१:००

नाइजेरियामा प्रहरीले प्रदर्शकारीमाथि अन्धाधुन्ध गोली चलाउँदा दर्जनौँको मृत्यु भएको छ । 

प्रहरी ज्यादतिविरुद्ध सडकमा उत्रिएका सयौँ प्रदर्शकारीमाथि प्रहरीले गोली चलाएको हो । प्रत्यक्षदर्शीलाई उद्धृत बिबिसीले जनाएअनुसार सडकमा २० जनाभन्दा बढीकाे लास देखिएको छ । यस्तै  ५० जनाभन्दा बढी घाइते भएका छन्। 

घटनापछि स्थानीय प्रशासनले गोलीबारीको जाँच गर्ने बताउँदै लागोसलगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ । 

लागोसमा भएको घटनाप्रति पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले दुःख व्यक्त गर्दै राष्ट्रपति मुहम्मद बुहारी तथा सेनासँग युवा प्रदर्शकारीको हत्या बन्द गर्न आग्रह गरेकी छिन् । 

गैरकारनुनी हिरासत, उत्पीडन र हत्याकाे आरोप लाएको सार्स नामक सुरक्षा युनिट बन्दको माग गर्दै दुई हप्ताअघि देखि प्रदर्शन सुरु भएको हाे ।

राष्ट्रपति बुहारीले गत अक्टाेबर ११ मा उक्त युनिट भंग गरेको घोषणा गरे पनि प्रदर्शनकारीले सुरक्षा बलमा परिवर्तन र देशकाे सुशासनमा सुधारलगायतका माग गर्दै प्रदर्शन जारी राखेका छन् । 

सोही क्रममा प्रदर्शनकारीमाथि बर्दीधारी केही व्यक्तिहरूले अन्धाधुन्ध गोली चलाएका थिए । प्रदर्शनकारीहरूले भने भाडाका हत्यारा प्रयोग गरेर जनता मारेको आरोप लगाएका छन् । यसको एमनेष्टि इन्टरनेसनलले भर्त्सना गरेको छ ।