सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाकालको तेस्रो वर्ष पूरा गरेको अवसर पारेर कम्पनीको मस्कट सार्वजनिक गरेको छ । कम्पनीले ‘सिटिम्यान’ नामक मस्कट सार्वजनिक गरेको हो ।
मस्कटले सुरक्षा प्रदान गर्नका लागि हरेक पल तयार रहेको सन्देश दिने कम्पनीको भनाइ छ । यसले ग्राहकको चाहना र मागअनुरूपको नवीन सेवा र सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।
हँसिलो मुहार भएको यस सिटिम्यानको हातमा भएको छाताले ग्राहकले बिमामार्फत प्राप्त गर्ने विभिन्न सुरक्षाहरूको प्रतीकात्मक अर्थ बोकेको कम्पनीले जनाएको छ ।
हरेक विषम परिस्थितिलाई अवसरका रूपमा लिँदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरूलाई अझै ग्राहककेन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने कम्पनीले जनाएको छ ।
यसका लागि डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बिमाको सचेतना बढाउन विद्यार्थीसँग बिमाजस्ता विभिन्न कार्यक्रम गर्दै आएको जनाइएको छ ।























