मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ४ मंगलबार १६:०९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई काठमाडौं रिफर

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ४ मंगलबार १६:०९:००

गोरखा जिल्ला स्थायी ठेगाना भई जुम्लामा कार्यरत ४० वर्षीय एक पुरुष स्वास्थ्यकर्मीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई उपचार गर्न सम्भव नभएपछि काठमाडौं रिफर गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । 

उनले भने, ‘लामो समयसम्म निको भएन । लक्षण पनि देखिएको थियो । जुम्लामा उनलाई समस्या हुने देखिएपछि थप उपचारका लागि सोमबार हेलिकाेप्टरमार्फत काठमाडौं पठाइएको हो ।’ 

जुम्लामा कोरोना संक्रमण देखिएको आठ महिना भए । तर, अहिलेसम्म जटिल प्रकृतिको संक्रमित भेटिएका थिएनन् ।

लामो समयको अन्तरालपछि यहाँ पहिलोपटक जटिल प्रकृतिको कोरोना संक्रमण स्वास्थ्यकर्मीमा देखिएपछि काठमाडौं रिफर गरिएको उनको भनाइ छ ।