१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार १५:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवेकशील र साझा एकीकरण संयुक्त प्रतिवेदनमा छलफल हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार १५:३१:००

विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरणका विषयमा दुवै दलबीच भएको छलफलका निष्कर्षहरूको संयुक्त प्रतिवेदनमा छलफल चलिरहेको जनाइएको छ ।

एकीकरणका विषयमा बुझाइएको प्रतिवेदन दुवै दलले आ–आफ्नो दलमा छलफल गरेका थिए ।

विवेकशील नेपाली दलका संवाद समितिका संयोजक निर्देश सिलवाल र साझा पार्टीकी संवाद समिति संयाजक समीक्षा बास्कोटाद्वारा जारी विज्ञप्तिमा दुवै दलले यसबारे छलफल गरेर टुंगोमा पुगेपछि एकताको प्रक्रिया अघि बढ्ने जनाइएको छ । 

विगतको गल्तीलाई सच्याएर एकतामा जाने पनि विज्ञप्तिमा उल्लेख छ ।