१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ कार्तिक ४ मंगलबार १५:०९:००
Read Time : < 1 मिनेट
विश्व

चिनियाँ दूतावासका कर्मचारी र ताइवान सरकारका कर्मचारीबीच फिजीमा झडप

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक ४ मंगलबार १५:०९:००

ताइवानको राष्ट्रिय दिवसका अवसरमा फिजीमा हालै आयोजित कार्यक्रममा चिनियाँ दूतावासका अधिकारी र ताइवान सरकारका कर्मचारीबीच झडप भएको छ । यही विषयलाई लिएर केही दिनदेखि चीन र ताइवानबीच आरोप–प्रत्यारोप सुरु भएको छ ।  

चीन र ताइवान दुवै देशले गत ८ अक्टोबरमा घटना भएको पुष्टि गरेका छन् । यद्यपि घटनाबारे आफूहरू दोषी नभएको दुवै देशको दाबी छ । सो क्रममा ताइवानका एक मर्मचारीको टाउकोमा चोट लागेको र उनको अस्पतालमा उपचार गरिएको थियो । यस्तै चिनियाँ राजदूतावासका एक प्रतिनिधि पनि घाइते भएको बताइएको छ । 

ताइवानको विदेश मन्त्रालयद्वारा जारी बयानअनुसार प्रतिस्पर्धी देशका सरकारी कर्मचारीबीच यसरी झडप विरलै हुने गर्छ । कार्यक्रममा सहभागी ताइवानीहरूले चीनका प्रतिनिधिले तस्बिर खिच्न खोज्दा रोकेका थिए । सोही क्रममा झडपको अवस्था सिर्जना भएको हो । मन्त्रालयकी प्रवक्ता जोने ओउले ट्विटमा भनेकी छिन्, ‘फिजीमा हाम्रा राजदूतको विरोधमा भएको कारबाहीलाई लिएर चीनको आलोचना गर्दछु ।’ मन्त्रालयका अनुसार ताइवानले फिजी सरकारसमक्ष औपचारिक रूपमा विरोध दर्ता गरेको छ ।

तर, ताइवानको आरोपलाई फिजीस्थित चिनियाँ दूतावासले गलत तथ्य भनेको छ । दूतावासका अनुसार चिनियाँ राजदूतावासका एक कर्मचारी पनि घाइते भएका छन् । मन्त्रालयका अनुसार सोही रात फिजीमा ताइपेई व्यापार कार्यालयका कर्मचारीले चिनियाँ दूतावासका कर्मचारीविरुद्ध हिंस्रक व्यवहार गरेका थिए । ती कर्मचारी समारोहबाहिर सार्वजनिक स्थलमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका थिए । सोही क्रममा चिनियाँ दूतावासका कर्मचारी घाइते भएका हुन् ।