१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/एपी
२०७७ कार्तिक ४ मंगलबार १४:०१:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचन सर्वेक्षण, सञ्चारमाध्यम र डा. फाउचीप्रति आक्रामक

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ कार्तिक ४ मंगलबार १४:०१:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिँदै जाँदा सबैतिर थप आक्रामक देखिँदै आएका छन् । यही क्रममा अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोश व्यक्त गरेका छन् ।  

देशको पश्चिमी क्षेत्र भ्रमणको तेस्रो दिनमा उनले चुनावी अभियानका क्रममा भोगेकामध्ये सबैभन्दा नराम्रो दबाब भोग्नु पऱ्याे । चुनावी अभियानका क्रममा उनले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरू दिएका छन् । 

उनले फाउचीलगायतका विज्ञहरूमाथि दिएको अभिव्यक्ति सबैभन्दा विवादास्पद अभिव्यक्ति बनेको छ । उच्च तहका विज्ञ फाउचीलाई उनले टिभीमा जाँदै बोलिरहने र देश, जनतालाई भाँड्ने, सरकारलाई असहयोग गर्ने पात्रको रूपमा चित्रित गरे । ‘फाउची र उनीहरू जस्तै अरू धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसके, उनीहरू आफैँमा प्रकोप हुन्, उनीहरूका कारणले नै यहाँको अवस्था बिग्रिएको हो,’ ट्रम्पले भने । यसैगरी कोरोना भाइरसबारे उनले दिएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ । ‘म डराएको, आत्तिएको छैन,’ टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरूसँग उनले भने, ‘मलाई लाग्छ म आक्रामक रूपमा दौडिरहेको छु, म धेरै खुसी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु ।’

उनले आफूहरूले जित्ने विश्वास र आधार देखिएको दाबी गर्दै आफ्नो फेरि जित हुने देखेर केही समूह आत्तिएको टिप्पणी पनि गरे । उनले यसअघि सन् ०१६ मा चुनाव लडेको वेलामा भन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफूहरू ठीक अवस्थामा रहेको पनि बताए ।