मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ कार्तिक ४ मंगलबार १२:३८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विराटनगरका विभिन्न अस्पतालमा उपचाररत सात कोरोना संक्रमितको निधन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ कार्तिक ४ मंगलबार १२:३८:००

विराटनगरका विभिन्न अस्पतालमा उपचाररत सातजना कोरोना संक्रमितको सोमबार साँझदेखि मंगलबार बिहानसम्ममा निधन भएको छ ।

स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरको कोभिड– १९ उपचार केन्द्रमा उपचाररत तीनजना र निजी अस्पतालहरू विराट, न्युरो,  विराट र नोबेल टिचिङ अस्पतालमा एक–एकजना संक्रमितको निधन भएको हो ।

विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा उपचाररत मोरङ कटहरी गाउँपालिका– २ की २१ वर्षीया महिला, विराटनगर महानगरपालिका– १२ की ६४ वर्षीया वृद्धा र सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का ३८ वर्षीय पुरुषको निधन भएको छ  ।

यसैगरी विराट अस्पतालमा उपचाररत मोरङको रंगेली नगरपालिका– ३ का ८५ वर्षीय वृद्ध, न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका– १० की ६४ वर्षीया वृद्धा र नोबेल मेडिकल तथा टिचिङ अस्पतालमा उपचारत विराटनगर महानगरपालिका– ७ की ६९ वर्षीया वृद्धा र मोरङ बुढीगंगा गाउँपलिका– २ टंकीसिनवारीस्थित विराट मेडिकल तथा टिचिङ अस्पतालको आइसोलेसनमा उपचारत  झापा बिर्तामोड नगरपालिका– ४ की ७६ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो ।

उपचाररत सबै संक्रमितको सोमबार साँझदेखि मंगलबार बिहानसम्म निधन भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । 

सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार अपराह्नसम्म प्रदेश १ मा जम्मा एक सय ३६ जना संक्रमितको निधन भएको थियो । 

सोमबार साँझदेखि मंगलबार बिहानसम्म निधन हुने सातजना मृतकसहित अब जम्मा संख्या एक सय ४३  पुगेको छ ।