मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७७ कार्तिक ४ मंगलबार १०:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

कोरोना कहर : दसैँमा पनि सुनसान विराटनगरको नाटक घर 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ कार्तिक ४ मंगलबार १०:२८:००

हरेक वर्षको दसैँमा बाक्लो चहलपहल हुने विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघर यसपालि सुनसान छ । हरेक वर्षको दसैँमा हुँदै आएको नाटक प्रदर्शनी यसपालि कोरोना महामारीका कारण हुन सकेन । यसपालिको दसैँमा नयाँ र फराकिलो थिएटरमा स्तरीय नाटक महोत्सव आयोजना गर्ने गुरुकुलको धोको पनि अधुरै रहनेछ ।  

गुरुकुलले चाडपर्वको समय पारेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नाटकहरु मञ्चन गराउँदै आएको थियो । जसले गर्दा विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलले दर्शकहरूको नाटक हेर्ने रुचिमा पनि निकै आकर्षण थपिसकेको थियो । चाडबाड मात्र नभएर अन्य समयमा पनि यहाँ विभिन्न नाटक मञ्चन भइरहन्थे । तर, कोरोना संक्रमण सुरु भएपछि सरकारको निर्देशनअनुसार नाटक मञ्चन मात्र नभएर सबै गतिविधिहरू ठप्प भएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्री बताउँछन् । 

नाटक प्रदर्शन हुन नसक्दा पूर्णकालीन कलाकारहरू बेरोजगार बनेका छन् । अध्यक्ष क्षेत्रीका अनुसार आरोहण गुरुकुलले हालसम्म पचासजनाभन्दा बढी कलाकार उत्पादन गरिसकेको छ । दुई दर्जन कलाकार त प्रोफेसनल नै भइसकेका छन् । तर, कोभिडका कारण नाटक प्रदर्शनमा रोक लागेपछि सबै बेरोजगार बनेका छन्  । कलाकार उद्धव सापकोटाले भने, ‘आफू रोएर अरूलाई हँसाउनुपर्ने हामीले आफ्नो समस्या अरूलाई सुनाएर साध्यै छैन ।’

उनी भन्छन्, ‘कोरोनाले नाटकप्रतिको दर्शकको मोह मात्र प्रभावित भएन, कलाकारहरूसमेत बेरोजगार भए ।’ विराटनगर गुरुकुलमा भारत, क्यानडा, रसिया, बंगलादेश, माल्दिभ्स, श्रीलंकालगायत विभिन्न देशका नाटक मञ्चन भइसकेका छन् । धेरै चर्चित देशी तथा विदेशी कलाकारले एकल र सामूहिक अभिनय प्रदर्शन गरिसकेका छन् ।