१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार ०६:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिजिटल भुक्तानीका लागि कृषि विकास बैंकको खल्तीसँग सहकार्य

कृषि विकास बैंकका ग्राहकले इ–बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउटजस्ता विभिन्न माध्यममार्फत खल्तीमा रकम लोड गर्न सक्ने बैंकले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार ०६:१५:००

कृषि विकास बैंक लिमिटेडले खल्ती डिजिटल वालेटसँग भुक्तानीसम्बन्धी सम्झौता गरेको छ । बैंकले इन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई डिजिटल भुक्तानीमा सघाउन खल्तीसँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली प्रदान गर्ने जनाइएको छ । यसको माध्यमबाट ग्राहकले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्ने बैंकले जनाएको छ । कृषि विकास बैंकका ग्राहकले इ–बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउटजस्ता विभिन्न माध्यममार्फत खल्तीमा रकम लोड गर्न सक्ने बैंकले उल्लेख गरेको छ ।  

सम्झौतामा बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका थिए । खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्ने बैंकले जनाएको छ । खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्ने जनाइएको छ ।