१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २२ मंगलबार १३:०९:००
Read Time : < 1 मिनेट
समाचार

बालिका अपहरण गर्ने मुख्य अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २२ मंगलबार १३:०९:००

थापाथलीस्थित प्रस्तुति गृहकी डाक्टर बविता साहकी दुई वर्षीया छोरी अपहरण गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मनिष गुप्ता रहेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले नियन्त्रणमा लिएको डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले यस अगाडि नै गुप्ताकी श्रीमती र अर्का एक जनालाई नियन्त्रणमा लिएको थियो । 

गत ११ माघको बिहान कोटेश्वरको खरिबोटमा रहेको साहको घरबाट अपहरणमा परेकी बालिकालाई प्रहरीले गौशालाबाट सात घण्टापछि उद्धार गर्न गरेको थियो । अपहरणकारीले साढे दुई लाख रुपैयाँ फिरौती मागेका थिए ।