मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार २०:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिपक्षसहितको परामर्श बैठक बोलाउन नेकपा प्रवक्ताको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार २०:४५:००

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले यथाशीघ्र प्रतिपक्षी पार्टीलगायतका राजनीतिक पार्टीहरू र विज्ञहरूको बैठक बोलाई परामर्श गर्नु उचित हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति, योजना र निर्णयहरूलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

उनले स्ट्याटस जस्ताको तस्तै 
कोभिड- १९ ले उत्पन्न गरेको चौतर्फी संकट गहिरिँदै गएको छ । यसको नियन्त्रण  तथा व्यवस्थापनको जिम्मेवारी हामी सबैको हो र, मूलतः  सरकारको हो । यो महामारी र विश्वव्यापी परिघटना  भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति हुँदैन भन्ने कुरा पनि स्पष्टै छ । तर, हामी  कसैले पनि आफ्नो जिम्मेवारीबाट  पन्छन मिल्दैन । तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति, योजना र निर्णयहरूलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ । साथै सबै राजनीतिक पार्टीहरू र समाजका सबै पक्षले यसमा सहयोग गर्नुपर्दछ। सरकारले यथाशीघ्र प्रतिपक्षी पार्टीलगायतका राजनीतिक पार्टीहरू र विज्ञहरूको बैठक बोलाई परामर्श गर्नु उचित हुनेछ ।