मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १५:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाका सबै सांसदको दसैँ भत्ता कोरोना उपचार कोषमा दाखिला गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १५:३६:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सबै सांसदकाे यस दसैँमा पाउने भत्ता कोरोना नियन्त्रण तथा उपचार काेषमा दाखिला गरिने निर्णय भएको छ । 

नेकपाको संघीय प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको दसैँ भत्ता कोषमा दाखिला गर्ने निर्णय भएको हो । 

संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईको बैठकले आफ्नो दलका सांसदकाे बैठकले दसैँ भत्ताबापत पाउने रकम कोभिड नियन्त्रण कोषमा दाखिला गर्ने निर्णय गरेको हो । 

उक्त रकमलाई कोरोना नियन्त्रण कोषमा दाखिला गर्ने निर्णय भएको सुवास नेम्वाङले जानकारी दिए । 

एकमुष्ट रूपमा कोरोना कोषमा खर्च गर्ने गरी दाखिला गर्न संघीय संसद् सचिवालयका महासचिवलाई यसबारेको निर्णय जानकारी गराएको र रकम दाखिला गरिदिन अनुरोध भइसकेको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।