मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक ३ सोमबार १४:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रभु साहले फिर्ता गरे दसैँ भत्ता

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार १४:५२:००

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‍(नेकपा) प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साहले आफूले प्राप्त गरेको दसैँ भत्ताबापतको रकम फिर्ता गरेका छन् ।

महामारीको समयमा पनि सांसदहरूले दसैँ भत्ता लिएको भन्दै आलोचना भइरहेको समयमा पूर्वमन्त्री साहले आफ्नो खातामा आएको दसैँ भत्ताबापतको रकम फिर्ता गरेका हुन् ।

साथै उनले कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा जनप्रतिनिधिलाई दसैँ भत्ता दिइनु उपयुक्त नहुने पनि उल्लेख गरेका छन् ।

‘कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थाबारे हामी सबै अवगत छौं,’ साहले दसैँ भत्ता फिर्ता गर्दै संसद् सचिवालयलाई लेखेको पत्रमा उल्लेख छ, ‘यस घडीमा जनप्रतिनिधिलाई दसैँ भत्ता दिइनु म उपयुक्त मान्दिनँ ।’

साथै उनले आफ्नो बैंक खातामा आएको रकम नगदै फिर्ता गरिदिएका हुन् । ‘दसैँ भत्ताबापत मेरो खातामा पनि रकम पठाइएको छ,’ साह लेख्छन्,  ‘मैले उक्त दसैँ भत्ताबापत प्राप्त ६४ हजार ७० रुपैयाँ नगद फिर्ता गरेको व्यहोरा अनुरोध छ ।’