मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक ३ सोमबार १४:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको सुझाब- प्रधानमन्त्रीज्यू संवेदनशील बन्नोस्, निर्णय सच्याउनोस् 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार १४:१४:००

सरकारलाई काेराेना परीक्षण र उपचारको दायित्वबाट पछि नहट्न कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गरेका छन्।

उनले एक विज्ञप्ति जारी गर्दै कोरोना परीक्षण र उपचार निःशुल्क गरेर महामारीबाट जनतालाई जोगाउन विशेष संवेदनशीलताका लागि प्रधानमन्त्री तथा उनको नेतृत्वको सरकारलाई आग्रह गरेका हुन् । 

प्रवक्ता शर्माले कोरोना महामारीबाट जनताकाे जीवनमा परेको असर दृष्टिगत गर्दै नागरिककाे दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको बताएका छन् । 

उनले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘संक्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुरूप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सर्वोच्च अदालतले केहीअघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’

प्रवक्ता शर्माले कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसन तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टिन र शव व्यवस्थापनसम्म लहडको नीतिले  सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्नचिह्न खडा भएको बताएका छन् ।