मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/सिन्ह्वा
२०७७ कार्तिक ३ सोमबार १४:०३:००
Read Time : < 1 मिनेट
विश्व

बाढीबाट भियतनाममा ९० जनाको मृत्यु, कम्तीमा ३४ जना बेपत्ता

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
२०७७ कार्तिक ३ सोमबार १४:०३:००

दुई सातायतादेखि भियतनाममा जारी बाढी र पहिरोका कारण कम्तीमा ९० जनाको ज्यान गएको प्राकृतिक प्रकोपको उद्धारसम्बन्धी अधिकारीहरूले जनाएका छन् । ती अधिकारीहरूका अनुसार भियतनाममा बाढीका कारण जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी–पहिरोबाट पछिल्लो दुई साताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरूले बताएका हुन् ।  

साथै ती अधिकारीहरूका अनुसार बाढी र पहिरोमा परी अरू कम्तीमा ३४ जना हराइरहेका छन् । बाढीमा परेर सैनिक ब्यारेकसमेत बगाएको छ । यहाँका सुरक्षा अधिकारीहरूले यसरी सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना बेपत्ता भएका बताएका छन् ।

उद्धारकर्मीहरूले हराएका ती सैनिक र अरू स्थानीयको खोजी जारी रहेको बताएका छन् । उनीहरूको खोजी अहिले पनि जारी रहेको जनाइएको छ । भियतनामको मध्यक्षेत्रका कतिपय सिंगो राज्यमा नै असर परेको छ । जसका कारण यहाँका कम्तीमा पनि ३७ हजार घरमा क्षति पुगेको छ भने एक लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

भियतनाममा ६ अक्टोबरदेखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा पाँच लाखभन्दा बढी घरपालुवा पशु चौपाया पनि मरेका छन् । त्यस्तै कतिपय स्थानमा पहिरोले बस्ती नै बगाएको छ ।