१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ कार्तिक ३ सोमबार १३:३७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भाटभटेनी सुपरमार्केटमा खाद्य अनुज्ञापत्र नभएको मासु बिक्री

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार १३:३७:००

भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसीबोकाको मासु बिक्री गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिकाले सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा बिक्रीमा राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो ।महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभनेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । 

अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर बमले खाद्य अनुज्ञापत्र नभएको मासु बिक्रीका लागि राखिएको पाइएको बताए । 

भाटभटेनीले नेपालगन्जदेखि खसीबोकाको मासु ल्याई बिक्री–वितरण गर्दै आएको छ । अनुज्ञापत्र नलिई बिक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई फोन गरी खाद्य अनुज्ञापत्र तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत बमले जानकारी दिए । 

भाटभटेनीले खसीको प्रतिकेजी नौ सय ९९ रुपैयाँमा र बोकाको आठ सय ९९ सय रुपैयाँमा मासु बिक्री गर्दै आएको छ ।