मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १२:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दसैँ भत्ता लिन सामाजिक न्यायका हिसाबले उपयुक्त देखिँदैन : विष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ३ सोमबार १२:१५:००

पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टले पनि दसैँ भत्ता फिर्ता गरेका छन् । उनले संघीय संसद् सचिवालयलाई पत्र लेखेर देशमा गम्भीर संकट थपिँदै गएका वेला दसैँ भत्ताका नाममा सुविधा लिने कुरा उचित नभएको भन्दै भत्ता फिर्ता गरेका छन् ।
 
‘कोरोना महामारीका कारण आमनागरिकले चरम पीडा भोगिरहेको र देशमा गम्भीर संकट थपिँदै गएका वेला दसैँ भत्ताका नाममा सुविधा लिने कुरा सामाजिक न्यायका हिसाबले उपयुक्त देखिँदैन,’  उनले लेखेकाे पत्रमा उल्लेख छ । 

उनीसँगै संघ तथा प्रदेशका आधा दर्जनभन्दा बढी सांसदले रकम फिर्ता गर्ने घोषणा गरेका छन्।

सुरुमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले तलब-भत्ता नलिने घोषणा गरेका थिए।

आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाका सांसद भीम रावल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, विन्दा पाण्डेलगायतले दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरेका छन् । यस्तै कांग्रेसका सांसद गगन थापा,  प्रमुख सचेतक बालकृष्ण खाणलगायतले भत्ता नलिने बताएका छन् ।