१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ कार्तिक ३ सोमबार ११:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा एक लाख ४६ हजार नगदसहित १२ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार ११:५६:००

गोरखामा १२ जना जुवाडे पक्राउ परेका छन् । उनीहरूलाई गोरखा नगरपालिका– ४ स्थित पन्थेस्वाँराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले बताए । 

आइतबार राति करिब ११ बजेतिर कुखुराको खोरमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको उनको भनाइ छ । 

डिएसपी खतिवडाका अनुसार उनीहरूको साथबाट कौडा र एक लाख ४६ हजार नगदसमेत बरामद गरिएको छ ।