मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक ३ सोमबार ०७:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जाजरकोटमा मोटरसाइकल बिक्री केन्द्र बढ्दै

Read Time : < 1 मिनेट
२०७७ कार्तिक ३ सोमबार ०७:४७:००

जाजरकोट हुँदै रणनीतिक सडक विस्तार भएपछि अहिले जिल्लामा मोटरसाइकलका बिक्री केन्द्र खोल्ने प्रतिस्पर्धा चलेको छ । दुई वर्षअघि मोटरसाइकल खरिद गर्न नेपालगन्ज र सुर्खेतसम्म पुग्ने जाजरकोटीहरूले अहिले सदरमुकाममै स्थापना भएका सोरुमबाट नै खरिद गर्न पाएका हुन् । 

जाजरकोट सदरमुकाम रहेको भेरी नगरपालिका भएर जाजरकोट–डोल्पा सडकखण्ड, जाजरकोट–जुम्ला र मध्यपहाडी लोकमार्ग सञ्चालन भएपछि मोटरसाइकलका बिक्री केन्द्र जिल्लामा भित्रिने क्रम बढेको हो । जाजरकोट, रुकुम पश्चिम र डोल्पाको बीचभागमा पर्ने जाजरकोटमा अहिले सवारीसाधन खरिद तथा बिक्री निकै बढेको छ । 

साउनदेखि असोजसम्म मात्र सदरमुकामबाट १ सय २० भन्दा बढी मोटरसाइकल बिक्री भएको लक्की तथा आदर्श सप्लायर्सका प्रमुख नगेन्द्र शाहले जानकारी दिए । योसहित जाजरकोटमा तीनवटा कम्पनीबाट उत्पादित मोटरसाइकलहरू बिक्री भइरहेका छन् ।

गाउँ–गाउँसम्म सडक विस्तार भएसँगै यातायातका साधनको चापसमेत बढेको छ । हलुका सवारीसाधनदेखि ठूला साधनसम्म जिल्लामा गुड्ने गरेका छन् । मुख्य सडक तथा पर्यटन मार्ग भएका कारण जाजरकोट भएर जाने सवारीसाधनको चाप बढेको हो ।