मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७७ कार्तिक ३ सोमबार ०७:२३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोभिड परीक्षण : कुन कति प्रभावकारी ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ कार्तिक ३ सोमबार ०७:२३:००

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि संसारभर विभिन्न विकल्प खोज्न थालिएको छ । कोभिडविरुद्धको खोप र औषधि आममानिसको पहुँचमा पुग्न अझै निकै समय लाग्ने भएकाले अन्य विकल्प खोज्न थालिएको हो । कोरोनाले महामारीको रूप लिएपछि शरीरमा भाइरस भए नभएको पत्ता लगाउन विभिन्न परीक्षण गरिँदै आएको छ ।

हाल कोभिड संक्रमण थाहा पाउन र्‍याल र रगतको परीक्षण गरी दुईवटा परीक्षण प्रयोगमा ल्याइएको छ । डाइग्नोस्टिक परीक्षण जुन पिसिआरको माध्यमबाट भाइरस सक्रिय भए नभएको पत्ता लगाइन्छ र रगत परीक्षण जसबाट शरीरमा एन्टिबडी विकसित भए नभएको थाहा पाउन सकिन्छ । एन्टिबडी परीक्षणबाट शरीरमा भाइरस संक्रमण पहिले भएको र शरीरले भाइरसविरुद्ध एन्टिबडी निर्माण गरेको थाहा हुन्छ । 

कोरोना भाइरसको संक्रमण पत्ता लगाउन व्यापक प्रयोगमा आइरहेको पिसिआर परीक्षणबारे पनि एकमत छैन । सामान्यतः सार्स भाइरस पत्ता लगाउन (जसले कोभिड भाइरस उत्पादन गर्छ), केही परीक्षणले शरीरमा भाइरसको टुक्रा पत्ता लगाउँछ (जसलाई एन्टिजोन परीक्षण भनिन्छ) । यस्तै, अन्य परीक्षणबाट पनि भाइरसको न्युक्लिक एसिड अर्थात् आरएनए पत्ता लाग्छ ।

आरएनए परीक्षण एकदमै संवेदनशील हुन्छ, किनकि शरीरमा भाइरसको प्रभाव सकिएपछि पनि कतिपय अवस्थामा आरएनएले पोजेटिभ रिपोर्ट देखाउँछ । शरीरमा भाइरसको जोखिम कम भइसकेपछि अन्य व्यक्तिमा भाइरस सर्ने सम्भावना हुँदैन, यस्तो अवस्थामा पनि आरएनए परीक्षणले पोजेटिभ देखाउँछ । यसको विपरीत एन्टिजोन परीक्षण छिटो र सस्तो हुने गर्छ । तर, एन्टिजोन परीक्षणबाट कतिपय अवस्थामा सही रिजल्ट नआउन पनि सक्छ ।

कुन परीक्षण गर्ने ?
पछिल्लो समय कोभिड परीक्षण गर्न अस्पतालमा भिड नै लाग्ने गरेको छ । कुनै पनि लक्षण नदेखिएकाले समेत स्वास्थ्य अवस्था थाहा पाउन परीक्षण गरिरहेका छन् । कुन व्यक्तिका लागि कस्तो परीक्षण उपयुक्त हुन्छ भन्ने विषय स्वास्थ्य अवस्थामा निर्भर गर्छ ।  

 मोलेकुलर परीक्षण (आरएनए वा पिसिआर)
डाइग्नोस्टिक अर्थात् शरीरमा सक्रिय भाइरस पत्ता लगाउन पिसिआर वा आरआनए परीक्षण प्रभावकारी मानिन्छ । संक्रमण सक्रिय भए–नभएको पत्ता लगाएर नियमित काममा फर्किनेका लागि पिसिआर परीक्षण प्रभावकारी हुन्छ । स्वास्थ्य प्रदायकको सहयोगमा नाक र घाँटीबाट स्वाब लिएर प्रयोगशालामा परीक्षण गराउन सकिन्छ ।

 एन्टिजेन परीक्षण
एन्टिजेन परीक्षण आरएनए परीक्षणभन्दा निकै छिटो हुने गर्छ । सामान्यतः समूहमा गरिने परीक्षणका लागि एन्टिजेन प्रयोगमा ल्याइन्छ । एयरपोर्टजस्ता स्थानका लागि प्रभावकारी हुने मानिएको छ । एफडिएका अनुुसार एन्टिजेन पनि नाक वा घाँटीबाट स्वाब संकलन गरेर एक घन्टा वा सोभन्दा कम समयमा रिजल्ट दिन सकिन्छ । तर, कतिपय अवस्थामा छिटो गरिने परीक्षणले सक्रिय संक्रमित छुटाउने सम्भावना रहन्छ । यसका लागि परीक्षण ल्याबका लागि गइरहनुपर्दैन । 

 एन्टिबडी परीक्षण
पछिल्लो समय एन्टिबडी परीक्षण अत्यधिक प्रयोगमा आउन थालेको छ । शरीरमा संक्रमण भएको र शरीरले भाइरसविरुद्ध लड्ने क्षमता विकसित गरेको पत्ता लगाउन यो प्रभावकारी हुन्छ । एन्टिबडी परीक्षण रगत संकलन गरेर प्रयोगशालामा परीक्षण गरिन्छ । जसको रिजल्ट आउन पिसिआरभन्दा धेरै समय लाग्छ । खासगरी कोभिड परीक्षण गर्दा भएको डर हटाउन एन्टिबडी परीक्षण गर्न सकिन्छ । 
 एजेन्सीको सहयोगमा