१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मृदुला सिन्हा
२०७७ कार्तिक ३ सोमबार ०७:०३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महिलाको आर्थिक सशक्तीकरण

हाम्रो इतिहासले के स्पष्ट पार्छ भने जे–जति महिला जुनकुनै क्षेत्रमा प्रसिद्ध भए, त्यसभन्दा पहिले उनीहरू आर्थिक रूपमा सशक्त भएका थिए

Read Time : > 2 मिनेट
मृदुला सिन्हा
२०७७ कार्तिक ३ सोमबार ०७:०३:००

नवरात्रि सुरु भइसकेको छ । नौ दिनसम्म देवीका विभिन्न रूप– शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा हुनेछ । नौ देवीको नामका नौवटा अर्थ र यी नामसँग जोडिएका देवीहरूको जीवनकथा पनि छन् । हामीले देवीका नौ रूप र त्यसको अर्थ बुझ्ने हो भने के पाउँछौँ भने सबै रूपमा देवी सशक्त थिइन् ।

नारीको विषयमा यस प्रकारको चिन्तन, आदर्श र व्यवहार कुनै पनि देशमा कुनै पनि युगमा थिएन । के कुरा साँचो हो भने नारीका लागि उसको आर्थिक शक्ति सर्वोपरि छ । आर्थिक दृष्टिबाट सशक्त नारी आफ्नो जीवनमा आफ्नो प्रकृतिप्रदत्त र सामाजिक शिक्षाबाट प्राप्त सबै गुणको अभिव्यक्ति र अभ्यास गर्न सक्छिन् । हाम्रो इतिहासले पनि के स्पष्ट पार्छ भने जे जति महिला जुनकुनै क्षेत्रमा प्रसिद्ध भए, त्यसभन्दा पहिले उनीहरू आर्थिक रूपमा सशक्त भएका थिए ।

हालै मात्र अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस सकिएको छ । नारीलाई देवी मानेर पूजा गर्ने समाजले सर्वप्रथम नारीको आर्थिक अवस्थामा ध्यान दिनुपर्ने हुन्छ । आज नारी शोषणको सबैभन्दा ठूलो कारण उनीहरूको कमजोर आर्थिक अवस्था हो । निकै मिहिनेत गर्दा पनि आज अधिकांश महिला आफ्नो मिहिनेतको मालिक हुन सकिरहेकी छैनन् र आर्थिक रूपमा पनि आत्मनिर्भर हुन सकेकी छैनन् ।

हिजोआज आर्थिक स्थितिमा विचार गर्दा हामी के पाउँछौँ भने महिलाहरू आर्थिक आधारमा विभाजित तीनवटा सामाजिक स्तरमा बाँच्दै आफ्नो आर्थिक स्थिति बलियो बनाउन प्रयासरत छन् । समृद्धिको शिखरमा बसेका उच्चवर्गमा महिलालाई आफ्नो आर्थिक अवस्थाको चिन्ता गर्नुपर्दैन । उनीहरू स्वयंले त कैयौँ महिलालाई आर्थिक दृष्टिले स्वावलम्बी बनाउँछिन् र यस्तो प्रत्येक सक्षम महिलाले गर्नुपर्ने हुन्छ । 

मध्यमवर्ग र निम्नवर्गका महिला आफ्नो काम र आर्जित रकमबाट खुसी हुन सकेका छैनन् । आजसम्म समान कामका लागि समान तलबमानको पालना हुन सकेको छैन । महिलाहरू दिनभरि कम्मर भाँचिने गरी काम गर्छन्, र पनि उचित ज्याला पाउँदैनन् ।

अर्काथरी महिला मध्यमवर्गीय महिला हुन् । यस वर्गका महिलाको संख्या धेरै छ । स्वतन्त्रतापछि यस वर्गका महिलामा शिक्षाको प्रसार राम्रो गरी भएको छ । शिक्षित भएकै कारण आफ्नो योग्यताका आधारमा महिलाहरू आज साना–ठूला कैयौँ क्षेत्रमा उच्चपदस्थ पदमा आसीन भएको देख्न सकिन्छ । शिक्षा, व्यापार, विज्ञान, कला–संगीत, सिनेमा आदि कैयौँ क्षेत्र छन्, जहाँ महिलाको तीव्रतर पदचाप देख्न सकिन्छ ।

उनीहरू आर्थिक उपार्जन पनि गर्छन् र घर–परिवार पनि सम्हाल्ने गर्छन् । सन् १९८१ मा अखिल भारतीय महिला मोर्चा (भाजपा)को प्रमुख भएका नाताले मैले सरकारसामु दुई माग राखेकी थिएँ । पहिलो, महिलाका लागि धेरैभन्दा धेरै आंशिक जागिरको व्यवस्था गरियोस् । दोस्रो, घरबाटै काम गर्न सकिने अवस्थाको निर्माण गरियोस् ।

तिनताका पनि पढेलेखेका महिला घरमै बस्ने गर्थे । किनभने, उनीहरू घरमा केटाकेटी र बूढाबूढीलाई छाडेर जागिरका लागि समय निकाल्न सक्ने अवस्था थिएन । पढेर पनि घरको काममा मात्रै सीमित हुनुपर्दा उनीहरूभित्र कुण्ठा पैदा भइरहेको थियो । उनीहरूलाई ‘तपाईं के गर्नुहुन्छ ?’ भन्दा अलिक अप्ठेरो मान्दै भन्थे, ‘केही पनि गर्दिनँ ।’

घरको सारा झन्झटिलो काम गर्दा पनि उनीहरूको जवाफमा पीडा लुकेको महसुस गर्न सकिन्थ्यो । त्यसैले मैले यी दुई माग राखेकी थिएँ, किनभने महिलाले आफ्नो कामबाट आर्थिक उपार्जन पनि गर्न सकून् । र, घरमा गर्ने कामबाट पनि सन्तुष्टि प्राप्त गर्न सकून् । तेस्रो वर्गका महिला आर्थिक रूपमा निकै पछाडि छन् । उनीहरू प्रत्येक दिन इनार खन्ने, इँटा बोक्ने समाजको प्रतिनिधित्व गर्छन् । सुरुका दिनमा उनीहरूले खेती, उद्योग, कलकारखाना, सानातिना नाङ्लो पसल र सरसफाइजस्तो कामबाट आर्थिक उपार्जन गर्ने काम गर्थे, जसबाट उनीहरूले आफ्नो परिवारको लालनपालन गर्थे ।

आजका दिनमा पनि यी तीनवटै वर्गका महिलाको स्थिति मूलतः पहिलेजस्तै छ । के कुरा स्विकार्नुपर्ने हुन्छ भने मध्यमवर्ग र निम्नवर्गका महिला आफ्नो काम र आर्जित रकमबाट खुसी हुन सकेका छैनन् । आजसम्म समान कामका लागि समान तलबमानको पालना हुन सकेको छैन । उनीहरू दिनभरि कम्मर भाँचिने गरी काम गर्छन्, र पनि उचित ज्याला पाउँदैनन् । आजका महिलासँग पारिवारिक, राजनीतिक र आर्थिक कानुनको पर्याप्त ज्ञान छ । यस्तोमा उनीहरूले उचित ज्याला नपाउँदा उनीहरू दुःखी हुन पुग्छन् । महिलाको आर्थिक विकास र स्वतन्त्रता उनीहरूको पक्षमा मात्रै छैन । बरु यो त उनको परिवार र समाजको पनि पक्षमा छ । 
(लेखक पूर्वराज्यपाल हुन्) लाइभ हिन्दुस्तानबाट