मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २ आइतबार १६:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनासँग जुध्न रोग प्रतिरोधी खानपानमा ध्यान दिन चिकित्सकको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २ आइतबार १६:०६:००

कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । 

पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लड्ने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरूले बताएका छन् । 

त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरूले जोड दएका छन् । वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरूमा विशेष ध्यान दिनुपर्ने बताए । 

उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरू कम खानुपर्ने हुन्छ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरूमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नसमेत उनको सुझाव छ । 

त्यस्तै ब्राेइलर कुखुराको मासु धेरै नखानसमेत उनले सुझाब दिएका छन् । 

ब्राेइलर कुखुरामा धेरै एन्टिबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइडसमेत भएकाले ब्राेइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै, खसीबोकाको मासु उपभोग पनि कम गर्न उनको सुझाब छ । कोकाकोला, फेन्टालगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले सुझाब दिए । 

दिनको एक–दुईवटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिललगायतका वस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगव्याधि कम गराउने उनको भनाइ छ । 

त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरूको प्रयोग नगर्नसमेत उनले बताए । 

सादा खाना खान र शरीरभित्र कुनै पनि प्रकारको भार नपर्ने गरी खान पनि उनले सुझाब दिए । 

शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागतीलगायतको सेवन गर्नु उपयुक्त हुने उनको भनाइ छ । 

त्यसबाहेक नियमित व्यायाम गर्दासमेत शरीरमा फाइदा पुग्ने र रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने डा. कोइरालाले बताए । 

योग, खानपिन, आयुर्वेदका जडीबुटी र मनोविज्ञानका पक्षहरूमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

त्यस्तै भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दसैँको वेला सहरबजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए । 

दसैँमा घर नजानभन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरू अपनाउन सकिने बताए । 
घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनभन्दा अलग्गै बस्नुपर्नेमा उनले जोड दिए । 

खाना खाँदा दूरी कायम गर्ने, दसैँमा टीका लगाउँदा खुला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको सुझाब छ ।