Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआइ
२०७७ कार्तिक २ आइतबार १४:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

विश्वमा तीन करोड ९५ लाख नाघे कोरोना संक्रमित 

Read Time : < 1 मिनेट
रासस/एएनआइ
२०७७ कार्तिक २ आइतबार १४:१६:००

विश्वमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या तीन करोड ९५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्ममा विश्वभरि तीन करोड ९५ लाख दुई हजार नौ सय नौजना कोभिड– १९ संक्रमित भएका छन् । संक्रमणका कारण विश्वभरि ११ लाख ६ हजार सात सय पाँचजनाको मृत्यु भएको विश्वविद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरि रहेका कुल संक्रमितमध्ये दुई करोड ७१ लाख ४८ हजार नौ सय २७ जना कोरोना भाइरसमुक्त भएका छन् । कोरोनाको कारण सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा मात्रै ८० लाख ८६ हजार सात सय ८० व्यक्ति संक्रमित छन् । कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । सो विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख १८ हजार ८० जनाको मृत्यु भएको छ ।

विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनमा पनि ठूलो संख्याका संक्रमित थपिने गरेका छन् । यद्यपि, अमेरिकामा ३१ लाख ९७ हजार पाँच सय ३९ व्यक्ति कोरोनामुक्त भएको पनि विश्वविद्यालयले जनाएको छ ।

कोरोना  संक्रमणबाट भारत र ब्राजिल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । भारतमा ७४ लाख ३२ हजार ६ सय ८० जनामा कोरोना संक्रमण भएको छ भने ब्राजिलमा ५२ लाख तीन सय व्यक्ति संक्रमित भएको विश्वविद्यालयले जनाएको छ । यस्तै रुस चौथो स्थानमा रहेको छ । यहाँ १३ लाख ७६ हजार २० व्यक्ति संक्रमित भएका छन् ।

विश्वको तुलनामा संक्रमणमुक्त भएकाको संख्यामा भारत अग्रस्थानमा छ । भारतमा ६५ लाख २४ हजार पाँच सय ४९ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई  ‘विश्व महामारी’को घोषणा गरेको थियो ।