१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २ आइतबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डा सिबिआर ६०० आरआर बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २ आइतबार ०६:१८:००

नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सिबिआर ६०० आरआर नेपाली बजारमा भित्र्यायाएको छ । कम्पनीले स्पोर्टस् बाइक उत्साहीका लागि उपयुक्त लुक्स र फिचरसहितको बाइक बजारमा ल्याएको हो ।  

४ सिलिन्डर लिक्विड कुल इन्जिन रहेको बाइकमा ५९९ सिसीको इन्जिन क्षमता रहेको जनाइएको छ । ६६ एनएम टर्क र १२० हर्सपावर रहेको यस बाइकलाई ० देखि १ सय किमि प्रतिघन्टा पुग्नलाई मात्र ३.१ सेकेन्ड लाग्ने कम्पनीको दाबी छ । ६ स्पिड गेयरबक्स रहेको यस बाइकको टप स्पिड २ सय ५० किमि प्रतिघन्टा रहेको छ । यसको मूल्य ३४ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।