मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक १ शनिबार १३:१३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

पोखरामा कोरोना संक्रमणबाट थप एकको निधन

Read Time : < 1 मिनेट
२०७७ कार्तिक १ शनिबार १३:१३:००

पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको निधन भएको छ । 

चरक मेमोरिएल अस्पतालमा उपचाररत कोरोना संक्रमित ४७ वर्षीय पुरुषको शनिबार उपचारको क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

मृतकको २३ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनिया लगायतका समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । 

गुमाउनेमा कास्कीका १४ जना, तनहुँ र नवलपुरका नौ/नौ जना, गोरखाका सात जना, स्याङ्जामा पाँच जना, बागलुङमा तीन जना, म्याग्दी र लमजुङका एक/एक जना छन् ।