१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ असोज ३० शुक्रबार १५:४५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

जनताको जीवनस्तर उकास्न प्रविधिको रूपान्तरण आवश्यक : प्रदेश प्रमुख अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ असोज ३० शुक्रबार १५:४५:००

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिको रूपान्तरणले मात्र नागरिकको जीवनस्तर उकास्ने बताएका छन्।

विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियानका लागि प्रदेश १ का  शिक्षकको सूचना प्रविधिसम्बन्धी दोस्राे चरणको अनलाइन तालिमको  उद्घाटन गर्दै प्रदेश प्रमुख अधिकारीले विनाप्रविधिको रूपान्तरणविना गुणस्तरीय शिक्षा सम्भव नहुने र नागरिकको जीवनस्तर उठ्न नसक्ने बताएका हुन् ।  

प्रदेश प्रमुख अधिकारीले शिक्षकलाई प्रविधिमैत्री बन्न आग्रह गर्दै सामुदायिक विद्यालयहरू पनि प्रविधिमा प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिए ।   

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ का सबै विद्यालयलाई आगामी  १० वर्षभित्र किताब र झोलामुक्त बनाइने बताए ।   

उनका अनुसार प्रदेश १ का  एक हजार तीन सयभन्दा बढी विद्यालयमा प्रदेश सरकारको लगानीमा कम्प्युटर ल्याब निर्माण गरिसकिएको छ । सरकारले प्रत्येक स्थानीय तहका एक सय शिक्षकलाई  प्रविधिमैत्री बनाउन लागिपरेको जानकारी गराए ।  

प्रदेश १ का सामुदायिक विद्यालयका शिक्षकलाई  प्रविधिमैत्री बनाउन सामाजिक विकास मन्त्रालयले चरणबद्ध तालिम दिन थालेको हो ।  

पहिलो चरणमा ६ वटा स्थानीय तहका ६ सय शिक्षकले तालिम लिइसकेका छन् भने दोस्राे चरणमा १० वटा स्थानीय तहका एक हजार शिक्षक सहभागी भएको मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी गराए।