१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार ०५:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकको मोबाइलबाटै रेमिट्यान्स पठाउने सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार ०५:०२:००

मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’ सेवालाई अत्याधुनिक रूपमा विकास गरेको छ । बैंकले स्मार्ट रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने सेवा प्रारम्भ गरेको हो ।

यो सेवाबाट रेमिट केन्द्रहरूमा नपुगी आफैँले मोबाइलबाट सीधै रकम रेमिट गर्न सकिने भएकाले यसलाई ‘हातैमा रेमिट्यान्स’ भन्ने नाम दिइएको बैंकले जनाएको छ । ‘स्मार्ट जमानाको, स्मार्ट रेमिट्यान्स’ भन्ने नाराबाट सुरु गरिएको सुविधाबाट नेपालभर आफूले चाहेको स्थानमा रकम पठाउन सकिने जनाइएको छ ।

यो सेवामा एकपटकमा बढीमा १ लाख रुपैयाँसम्म रेमिट गर्न सकिने बैंकले जनाएको छ । प्राप्त गर्ने व्यक्तिको मेगा बैंकमै खाता भएमा सीधै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । तर, खाता नभएमा मेगा बैंकका देशभर छरिएका १० हजार एजेन्ट तथा बैंकका देशभरका २ सय ६ वटा शाखा कार्यालयमध्ये आफूलाई पायक पर्ने स्थानबाट नगदमै रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।