१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज २९ बिहीबार १६:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाँजा नदिँदा साथीको हत्या

Read Time : < 1 मिनेट
२०७७ असोज २९ बिहीबार १६:२२:००

झापाको कन्काई नगरपालिकामा लागुऔषध गाँजा नदिँदा साथीको हत्या भएको खुलेको छ । 

कन्काई– ३ का २२ वर्षीय अभिषेक चौधरीलाई उनकै साथी रविन राजवंशीले हत्या गरेको खुलेको हो । 

अभिषेकको शव बुधबार कन्काई– ३ स्थित सुरुंगाखोलामा हत्या भएको अवस्थामा फेला परेको थियो । 

उनलाई गाँजा नदिएको निहुँमा बञ्चरो प्रहार गरेर हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । 

चौधरीले रविनलाई एक सय रुपैयाँ दिएर गाँजा किन्न पठाएका थिए । रविनले पनि गाँजा मागेपछि चौधरीले गाली गरेको खुल्न आएको रिजालले बताए । 

‘गाँजा मागेपछि चौधरीले तँलाई दिन्नँ के गर्छस् ? भन्दै गाली गरेछन् । उनले एक झापड पनि हानेछन्,’ उनले भने, ‘अरू साथीहरूले पनि कान तान्दै जिस्क्याए छन् ।’ 

त्यसपछि उनी घरमा गई बञ्चरो ल्याएर चौधरीलाई पछ्याएको खुल्न आएको डिएसपी रिजालले बताए । 

उनले बाटोमा बसेर केही खाने क्रममा चौधरीलाई बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीसँग स्वीकार गरेका छन् । 

प्रहरीले राजवंशीसँगै रगत लागेको सर्ट, हाफपेन्ट, राजवंशीले हत्या गर्दा लगाएको चप्पल र बञ्चरो बरामद गरेको छ ।