मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज २९ बिहीबार १०:२१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज २९ बिहीबार १०:२१:००

होम आइसोलेसनमा बसेका धरान– ९ का कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको छ । धरानस्थित गौतम पथका ५८ वर्षीय पुरुषलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएलगत्तै उनको मृत्यु भएको हाे । अस्पताल पुर्‍याएको केही समयमा नै राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं. ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । 

उनका अनुसार मृतकलाई बुधबार दिउँसो नै अक्सिजन कमी भएर समस्या भएको थियो । उनलाई बिपी  प्रतिष्ठानमा दिउँसो नै उपचारका लागि लैजाने पहल गरे पनि अक्सिजन भएको बेड अभाव भएपछि निजी अस्पतालबाट अक्सिजन किनेर घरमै राखिएको थियो । राति झन् गाह्रो भएपछि प्रतिष्ठान लगिएको थियो ।  मृतकलाई ८–१० दिनदेखि ज्वरो आएको भए पनि तीन दिनअघि मात्र कोरोना रिपोर्ट पजिटिभ आएको थियो । 

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तेह्रथुम दाङपा– १ का ४९ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनलाई गत असोज २५ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । असोज २६ गते कोरोना पजिटिभ भएपछि कोभिड अस्पतालमा उनको उपचार भइरहेको थियो ।