मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २९ बिहीबार ०७:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कामदारमा कोरोना संक्रमण देखिएपछि माथिल्लो दोर्दी ‘ए’को निर्माण कार्य रोकियो

Read Time : < 1 मिनेट
२०७७ असोज २९ बिहीबार ०७:५५:००

लमजुङको दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’को निर्माण कार्य रोकिएको छ । आयोजनाका २७ जना कामदारलाई कोरोना संक्रमण देखिएपछि बुधबारदेखि आयोजनाको काम रोकिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए ।

गत चैतमा निर्माण सक्ने लक्ष्य लिए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी, गत भदौमा आएको बाढी र कोरोनाका कारण पनि निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ ।

अब एक महिनामा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको ९९ प्रतिशत काम सकिए पनि निर्माणको अन्तिम चरणमा कामदारमा कोरोना देखिएपछि काम रोकिएको वस्तीको भनाइ छ । उनले भने, ‘आयोजनामा कार्यरत कर्मचारीमा कोरोना भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको हो ।’

 ०७१ असोजबाट निर्माण थालिएको आयोजनामा चार अर्ब ६३ करोडभन्दा बढी रकम लाग्ने आयोजनाका सञ्चालक वस्तीको भनाइ छ ।