१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २९ बिहीबार ०५:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अग्नि मोटोइंकले नेपालमा भित्र्यायो जावा मोटरसाइकल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २९ बिहीबार ०५:३३:००

क्लासिक लेजेन्डस्ले अग्नि मोटोइंकको सहकार्यमा नेपालमा जावा मोटरसाइकल भित्र्याएको छ । अग्नि मोटोइंक नेपालमा महिन्द्रा टू ह्विलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी हो । अग्नि मोटोइंकको सहकार्यमा डिलरसिपका बिक्रीकक्षहरूको उद्घाटन गरिएको कम्पनीले जनाएको छ । भर्चुअल रूपमा आयोजित बजार प्रवेश कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलहरूको अनावरण गरेका थिए ।  

अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले भर्चुअल समारोहमा जावाले मोटर रेसहरूमा प्रभुत्व जमाएको र विश्वभरि थुप्रै पदकहरू जितेको बताए । जावालाई आइकनिक बनाउने कुरालाई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यसको डिजाइन र प्रदर्शन रहेको उनको भनाइ थियो । जावा मोटरसाइकल काठमाडौंको नारायणहिटी उत्तरढोका र टेकुको जावा सोरुमहरूसहित नेपालका प्रमुख सहरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमशः स्थापना गर्दै जाने योजना रहेको जनाइएको छ । काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लाहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकले आफ्नै सहरमा जावा र जावा फोर्टी टू दुई मोडलको बुकिङ र टेस्ट–राइड गर्न सक्ने कम्पनीले जनाएको छ । 

जावा फोर्टी टू क्लासिक छ । जसले सीमा र प्रयोगहरूलाई पछि पार्ने कम्पनीको दाबी छ । नयाँ जावाको इन्जिन २९३ सिसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर, डिओएचसी इन्जिनसहित इटालियन इन्जिनियरिङसँगको सहकार्यबाट निर्मित रहेको जनाइएको छ । यसमा २७ बिएचपी र २८ एनएम टर्कका साथ मध्यम रेन्जमा र निरन्तर शक्तिशाली सवारी सञ्चालनमा फ्ल्याट टर्क कर्भ रहेको कम्पनीको दाबी छ । 

 मूल्य
जावा सिंगल च्यानल एबिएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रुपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबिएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै, जावा फोर्टी टू सिंगल च्यानल एबिएस र जावा फोर्टी टू डुअल च्यानल एबिसिएसको मूल्य क्रमशः ६ लाख, २० हजार र ६ लाख ४८ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।