मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २८ बुधबार १४:४५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

दुई कोराेना संक्रमितको धरानमा निधन

Read Time : < 1 मिनेट
२०७७ असोज २८ बुधबार १४:४५:००

दुई काेरोना संक्रमितको धरानमा निधन भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा उनीहरूको निधन भएको हो । 

जसमा ३७ वर्षीय पुरुष रहेका छन् । उनी मोरङ बेलबारी नगरपालिकाको रहेकाे प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनीमा २१ असोजमा कोरोना पोजेटिभ देखिएको र २७ असोजमा प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा भर्ना भएको उनले जनाएका छन् । 

उनको मंगलबार करिब साँझ ७ बजे निधन भएको हो । उनको शव नियमानुसार व्यवस्थापन हुँदै गरेको उनले जानकारी दिए । 

त्यसैगरी कोभिड उपचार अस्पतालमा नै अर्की ६० वर्षीया महिला संक्रमितको निधन भएको छ । 

उनी इटहरी सुनसरीको रहेकी सहप्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । उनको बुधबार बिहान ४ बजे निधन भएको हो ।

उनी मधुमेह रोगलेसमेत ग्रसित रहेकी थिइन् । उनको शव पनि नियमानुसार व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए ।