१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज २८ बुधबार १२:११:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

स्याङ्जाकी कोरोना संक्रमित महिलाको पोखरामा निधन

Read Time : < 1 मिनेट
२०७७ असोज २८ बुधबार १२:११:००

कोरोना संक्रमणका कारण स्याङ्जाकी एक महिलाको ज्यान गुमेको छ । 

स्याङ्जा भिरकोट नगरपालिकाकी ५२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड उपचार केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

उनको बुधबार बिहान ९ बजेर ३४ मिनेट जाँँदा निधन भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । 

उनका अनुसार ती महिलालाई २६ असोजमा आइसियूमा भर्ना गरी उपचार भइरहेको थियो । 

योसहित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड उपचार केन्द्रमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । 

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । 

जसमा कास्कीका १३, नवलपुरका नाै, गोरखाका सात, तनहुँका पाँच, स्याङ्जाका पाँच, म्याग्दीका एक, लमजुङका एक र  बाग्लुङका एकजना छन् ।