मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज २८ बुधबार १२:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापामा धारिलो हतियार प्रयोग गरी एकको हत्या

Read Time : < 1 मिनेट
२०७७ असोज २८ बुधबार १२:०९:००

धारिलो हतियार प्रयोग गरी हत्या गरेर फ्यालेको अवस्थामा झापा सुरुंगा खोलास्थित बाँसघारीमा एक युवाको शव फेला परेको छ । 

हत्या गरिएका युवा कन्काई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरी भएको प्रहरीले जनाएको छ ।

उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए ।