मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २८ बुधबार ०७:४७:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल चेम्बर ७०औँ वर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २८ बुधबार ०७:४७:००

नेपालको सबैभन्दा पुरानो वाणिज्य संगठन नेपाल चेम्बर अफ कमर्स ७०औँ वर्षमा प्रवेश गरेको छ । २००७ सालमा चेम्बरको स्थापना भएको हो । स्थापनाकालदेखि चेम्बरले नेपाल सरकारलाई औद्योगिक वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीतिनियम तर्जुमा तथा सभा र सल्लाह प्रदान गर्दै आएको जनाएको छ ।

चेम्बर आन्दोलनलाई अभियानका रूपमा विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरण्का लागि विभिन्न गतिविधिहरू प्रोत्साहित पनि गर्दै आएको चेम्बरको भनाइ छ । चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरेको दाबी गरिएको छ ।
 
 विकासक्रम
२००७ सालमा वाणिक मण्डलका रूपमा गठन भएको संगठन २००९ साल असोज २७ गते अखिल नेपाल व्यापार संघको नामबाट दर्ता भएको हो । पहिलो साधारणसभाबाट यसले नेपाल चेम्बर अफ कमर्स नाम राख्ने प्रस्ताव पारित गरेको थियो ।

२०२२ सालमा चेम्बरकै पहलमा उद्योग वाणिज्य संघको स्थापना भयो, जसलाई अहिले नेपाल उद्योग वाणिज्य महासंघ भनिन्छ । चेम्बरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमार्गमा गोल्डेन गेट निर्माण गरेको थियो । २०५२ सालमा तत्कालीन राजा वीरेन्द्रको गद्दी आरोहण रजत महोत्सवको अवसरमा उक्त गेट निर्माण 
गरिएको थियो । 

देशमा संघीय प्रणाली लागू भएपछि चेम्बरलाई महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउँपालिका तह र वस्तुगत संघ, आबद्ध संघ तथा राष्ट्रिय संघसंस्थाहरूसम्म सदस्य विस्तार गर्दै गएको चेम्बरले जनाएको छ । हाल चेम्बरको ७ प्रदेश, ६७ जिल्ला र ४६ नगरमा संगठन विस्तार भइसकेको जनाइएको छ ।