१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २७ मंगलबार २०:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाका २७ जनामा कोरोना संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
२०७७ असोज २७ मंगलबार २०:०५:००

लमजुङको दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोर्दी  गाउँपालिका– ६ ढोडेनी र ७ फलेनीमा निर्माणाधीन आयोजनाका कामदार र कर्मचारी गरी २७ जनामा कारोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।  

संक्रमित हुनेमा २४ पुरुष र तीन महिला छन् । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाका कर्मचारी र पावरहाउसमा कार्यरत कामदार गरी ३० जनाको स्वाब परीक्षण गरिएको थियो । २७ जनाको रिपोर्ट पजिटिभ आएको छ भने बाँकी तीनजनाको रिपोर्ट आउन बाँकी छ । 

आयोजनामा कार्यरत कामदार १० दिनअघि आएकोमा एकजना बिरामी भएपछि काठमाडौं गएर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङको आधारमा आइतबार आयोजनामा कार्यरत कर्मचारी र कामदारको कोरोना जाँच गरिएको थियो ।

यस्तै मंगलबार होम क्वारेन्टिनमा बसेका सुन्दरबजार नगरपालिका– ७ का ३९ वर्षीय पुरुष र मध्यनेपालका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । मंगलबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या चार सय ७४ पुगेको छ । जसमा महिला एक सय १४ र पुरुष तीन सय ६० छन् । महिला ८६ र पुरुष दुई सय ९६ गरी तीन सय ८२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।